अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

‘आईएमएफ’ द्वारा पाकिस्तानका लागि ७ अर्ब डलर ऋण स्वीकृत

बिआरटीनेपाल २०८१ असोज १० गते ७:३६ मा प्रकाशित

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानका लागि सात अर्ब डलर ऋण स्वीकृत गरेको छ । पाकिस्तानको प्रधानमन्त्री कार्यालयले आईएमएफले सात अर्ब डलर ऋण स्वीकृत गरेको जनाएको ‘बीबीसी हिन्दी’ ले उल्लेख गरेको छ । आर्थिक पुनर्स्थापनाका लागि आईएमएफले दिएका सुझावहरू कार्यान्वयनलाई तीव्रता दिएपछि ऋण अनुमोदन भएको पाकिस्तानकाे प्रधानमन्त्री कार्यालयले जनाएको छ । आर्थिक स्थिरता प्राप्त गरेपछि पाकिस्तानले आर्थिक विकासका लक्ष्यहरू प्राप्त गर्न कडा कदम चाल्नेछ । पाकिस्तानले कृषि कर संरचनामा सुधार गर्ने, राज्यहरूलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र केही अन्य कडा सुधारहरू लागू गर्ने प्रतिज्ञा गरेपछि बल्ल आईएमएफले सात अर्ब डलरको ऋण स्वीकृत गरेको हो ।

‘जियो न्यूज’ का अनुसार नयाँ ऋणको पहिलो किस्ताबापतको एक अर्ब एक करोड डलर आउँदो सोमवार जारी हुने अपेक्षा छ ।खराब आर्थिक अवस्थाका कारण पाकिस्तान आईएमएफको ऋणमा निर्भर छ । सन् १९५८ देखि पाकिस्तानले २२ पटक ऋणका लागि आईएमएफमा निवेदन दिएको छ । आईएमएफ पाकिस्तानको पाँचौं ठूलो ऋणदाता हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू