अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

गरिब, असहाय तथा निमुखालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउन राष्ट्रपतिको आग्रह

बिआरटीनेपाल २०८१ असोज १० गते ७:३५ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताउनुभएको छ ।बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औं वार्षिकोत्सव तथा २०औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज भएको कार्यक्रममा राष्ट्रपति पौडेलले गरिब तथा असहाय वर्गलाई प्राथकितामा राखेर सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थ्यर्मीसँग अनुरोध गर्नुभयो । दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवम् प्रभावकारी नवीनतम प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

आवश्यक पूर्वाधार र अत्याधुनिक प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र (हब) का रूपमा विकास हुन लागेकामा खुशी व्यक्त गर्दै राष्ट्रपति पौडेलले अब उपचारका लागि यसअघिजस्तो सङ्घीय राजधानी काठमाण्डाै नै धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियाे । महामानव बीपी कोइरालाको स्मृतिमा २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादकाे स्थापना कालमा एक सय शय्या क्षमतासहितको क्यान्सर अस्पताल अहिले पाँच सय शय्यामा विस्तार भएको छ । अस्पतालले गएको आर्थिक वर्षमा ६ हजार सात सय ९५ जना क्यान्सरका बिरामीसहित एक लाख ८८ हजार पाँच सय १४ जनाको उपचार गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू