अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 10:29

इजरायलद्वारा लेबनानमा पुनः हवाई आक्रमण

बिआरटीनेपाल २०८१ असोज १० गते ७:३३ मा प्रकाशित

इजरायली लडाकु विमानहरूले बुधबार साँझ पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण पुनः शुरु गरेको लेबनानी सैन्य स्रोतहरूले बताएका छन् ।इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बालबेक, हर्मेल र पश्चिमी बेकाका क्षेत्रमा करिब ७० वटा आक्रमण गरेका छन् । सिभिल डिफेन्स र लेबनानी रेड क्रसले भग्नावशेष हटाउन र घाइतेहरूलाई अस्पतालमा स्थानान्तरण गर्ने काम गरिरहेको जनाएको छ ।

लेबनानी स्वास्थ्य मन्त्रालयले लेबनानमा बुधबार जारी इजरायली हवाई हमलाबाट मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको र २२३ जना घाइते भएको जानकारी दिएको छ । सोमवार र मंगलबार इजरायलले लेबनानमा २००६ पछि सबैभन्दा ठूलो आक्रमण गरेको छ । आक्रमणबाट देशभर ५५० भन्दा बढीको मृत्यु भएको र १८ सयभन्दा बढी घाइते भएका छन् । इजरायलको बमबारीले विगत ७२ घण्टामा एक लाख ५० हजारभन्दा बढी बासिन्दा विस्थापित भएको लेबनानी वातावरण मन्त्री नासेर यासिनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू