अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

२५ वर्षको अवधिमा नेपालमा मातृ मृत्युदरमा उल्लेख सुधार

बिआरटीनेपाल २०८१ असोज १० गते ७:२७ मा प्रकाशित

नेपालमा मातृ मृत्युदरमा उल्लेख सुधार आएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर विवेककुमार लालले गर्भपतनलाई महिलाको अधिकारका रूपमा स्थापित गरी सेवा विस्तार गरेको २२ वर्षको अवधिमा महिलाको प्रजनन स्वास्थ्यमा प्रगति हुँदै गएको बताउनुभयो ।

नेपालमा प्रति एक लाख जीवित जन्ममा सन् १९९६ मा पाँच सय ३९ मातृ मृत्युदर रहेकोमा सन् २०२१ मा एक सय ५१ मा झारेर उल्लेख्य सुधार गर्न सफल भएको उहाँले बताउनुभयो । सन् २०३० सम्म मातृ मृत्युदर प्रति एक लाख ७० जनामा झार्ने लक्ष्य लिएको उहाँको भनाइ छ ।

महाशाखाका निर्देशक डा। लालले असुरक्षित गर्भपतनका कारण महिलाको स्वास्थ्यमा हुने प्रजनन रुग्णताको न्यूनीकरण गर्न पनि सफल भएको बताउनुभयो । उहाँका अनुसार गएको आर्थिक वर्षमा एक लाख पाँच हजार जना महिलाले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् । आज दशौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू