अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 10:40

अमेरिकासहितका देशको युद्धविराम प्रस्ताव इजरायलले नमान्ने

बिआरटीनेपाल २०८१ असोज १० गते ७:२५ मा प्रकाशित

इजरायलले लेबनानको विद्रोही समूह हिजबुल्लाहसँगको युद्धविराम आह्वानलाई अस्वीकार गरेको छ ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सेनालाई पूर्ण शक्तिका साथ लड्न भन्नुभएको र गएरातिको युद्धविराम आह्वानलाई लिएर कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ । यस्तै प्रधानमन्त्री नेतान्याहुले गाजामा युद्धका लक्ष्यहरू प्राप्त नभएसम्म सङ्घर्ष जारी रहने बताउनुभएको छ ।

यसैबीच इजरायलका विदेशमन्त्रीले उत्तरी सीमामा रहने इजरायलीहरू सुरक्षित रूपमा आफ्नो नफर्किएसम्म हिजबुल्लाहसँगको युद्ध जारी राख्ने बताउनुभएको खबरमा उल्लेख छ ।यसअघि इजरायल र लेबनानाको सीमामा चलिरहेको युद्ध रोक्न अमेरिकासहितका देशले युद्धविरामको प्रस्ताव राखेका थिए । तर इजरायलले यो प्रस्ताव अस्वीकार गरेको हो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको पछिल्लो आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ भने सोमवारयता पाँच सय ५० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । गएको वर्षको अक्टोबर ८ यता इजरायल र हिजबुल्लाहबीच दैनिकजसो सीमा वारपार गोलाबारी हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू