अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

उपनिर्वाचनका लागि दल दर्ता गर्न आव्हान

बिआरटीनेपाल २०८१ असोज १० गते ७:२४ मा प्रकाशित

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजबाट दल दर्ता आव्हान गरेको छ । आगामी मंसिर १६ गते तय भएको उपनिर्वाचनका लागि आयोगले दल दर्तासम्बन्धी सूचना निकालेको हो । दलहरुले आजदेखि असोज १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार सूचना जारी गरेको छ ।

यसपटक शीर्ष राजनीतिक दलहरुले एक्लै चुनाव लड्ने तयारी गरेका छन् । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरु गरि रिक्त ३९ पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू