अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

श्रीलङ्कामा नवनियुक्त राष्ट्रपतिद्वारा संसद् विघटन : नोभेम्बर १४ तारिखका लागि संसदीय चुनाव तय

बिआरटीनेपाल २०८१ असोज ९ गते ७:१८ मा प्रकाशित

श्रीलङ्काका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । उहाँले  संसद् विघटन गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी राजपत्रमा प्रकाशित सूचनाअनुसार श्रीलङ्कामा अब आउँदो नोभेम्बर १४ तारिखमा संसदीय चुनाव हुनेछ । यसअघि हिजो राष्ट्रपति दिसानायकेले डा.हरिनी अमरसुरियालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति दिसानायकेले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी छ । गएको शनिवार श्रीलङ्कामा नयाँ राष्ट्रपति चयन गर्न मतदान भएको थियो । मतदानबाट दिसानायके राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू