अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

एकदिवसीय क्रिकेटमा सन्दीप लामिछानेको एकैपटक २२ स्थान सुधार, नेपाली टिमको वरीयता खस्कियो

बिआरटीनेपाल २०८१ असोज ९ गते ६:४२ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा एकैपटक २२ स्थान सुधार गरेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीप २२ स्थान सुधार गर्दै ४२ औं स्थानमा आइपुगेका छन् । यो वरीयतामा नेपालकै करण केसी ११ स्थान सुधार गर्दै ७६ औं, गुल्सान झा १३ स्थान सुधार गर्दै ९१ औं र ललित राजवंशी १ स्थान सुधार गर्दै ९५ औं स्थानमा आइपुगेका छन् । नेपालका अरू खेलाडीको वरीयता भने घटेको छ । एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी पहिलो, बङ्गलादेशका शकिब अल हसन दोस्रो र जिम्बावेका सिकन्दर राजा तेस्रो स्थानमा यथावत् छन् ।

यस्तै एकदिवसीय ब्याटिङतर्फ नेपालका सबै खेलाडीको वरीयता खस्किएको छ । यो वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो, भारतका रोहित शर्मा दोस्रो र भारतकै शुभमन गिल तेस्रो स्थानमा यथावत् छन् ।यस्तै एकदिवसीय बलिङ वरीयतामा नेपालका करण केसी चार स्थान सुधार गर्दै ८७ औं स्थानमा आइपुगेका छन् । यस्तै सन्दीप लामिछाने ४८ औं स्थानमा यथावत् रहँदा अरू खेलाडीको वरीयता खस्किएको छ । यो वरीयतामा दक्षिण अफ्रिकाका केशव महाराज पहिलो स्थानमा यथावत् रहँदा अस्ट्रेलियाका एडम जम्पा दोस्रो र अफगानिस्तानका राशिद खान तेस्रो स्थानमा आइपुगेका छन् ।

यस्तै नेपाली टिमको एकदिवसीय वरीयता खस्किएको छ । नेपाली टोली एक स्थान तल झर्दै १७ औं स्थानमा पुगेको छ । एकदिवसीय वरीयतामा भारत पहिलो, अस्ट्रेलिया दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा यथावत् छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू