अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९
| Colorodo: 08:54
साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई रिहाइकाे माग गर्दै आज पनि उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन्।उनीहरुले मंगलबार दिउँसाे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। प्रसाईंलाई तत्काल रिहा गर्न उनीहरुकाे माग छ।
नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार भक्तपुरस्थित प्रसाईंको घरबाट उनलाई नियन्त्रणमा लिएको थियाे। पक्राउ लगत्तै उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको थियाे। उनी स्वास्थयमा समस्या आएपछि आइतबार राती नै अस्पताल भर्ना भएका छन्।