अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 10:25

जापानलाई हराउँदै उत्तर काेरियाले जित्याे २० वर्षमुनिको महिला विश्वकप फुटबलको उपाधि

बिआरटीनेपाल २०८१ असोज ८ गते ६:११ मा प्रकाशित

२० वर्षमुनिको महिला विश्वकप फुटबलको उपाधि उत्तर कोरियाले जितेको  छ । कोलम्बियामा भएको खेलमा जापानलाई १–० गोलले हराएर उत्तर कोरियाले उपाधि जितेको हो । यससँगै जर्मनी र अमेरिकासँगै उत्तर कोरिया विश्वकपमा सबैभन्दा सफल महिला फुटबल टोली बनेको छ । तीन वटा देशले समान तेस्रो पटक उपाधि जितेका छन् ।

जापानलाई पराजित गर्न आज उत्तर कोरियाकी चो इल सनले खेलकाे १५ औं मिनेटमा गोल गरिन । उत्तर कोरियाले यस प्रतियोगितामा आफ्ना सबै खेल जितेको छ । १७ वर्षीय चो इल सन प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । ६ गोल गरेकी उनले गोल्डेन बुट अवार्ड जितेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू