अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 06:07

देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ : राप्रपा नेता लोहनी

बिआरटीनेपाल २०८१ असोज ८ गते ६:०५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताउनुभएको छ ।मंगलबार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताउनुभएको हो ।

अध्यक्ष लोहनीले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले ठूला राजनीतिक दलहरुले देशलाई माग्नेको स्थितिमा पुर्याएको बताउनुभयो । उहाँले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने बताउनुभयो ।

अध्यक्ष लोहनीले नेताहरु भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने बताउनुभयो । उहाँले देशको वर्तमान अवस्थालाई परिवर्तन गर्नका लागि व्यवस्थाकै परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

पूर्वअध्यक्ष लोहनीले देशको अस्तित्व बचाउनका लागि अभिभावकीय भुमिकामा राजसंस्थालाई राख्नुपर्ने बताउनुभयो । उहाँले राजसंस्थालाई सक्रिय रुपमा नभई संविधानभित्रको राजसंस्थाको रुपमा अभिभावकिय रुपमा राख्नु उपयुक्त हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू