अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

१७ वर्षमुनिकाे साफ च्याम्पियनशिप : नेपालले श्रीलङ्कालाई हरायाे, सुजन डङ्गाेलकाे ‘ह्याट्रिक’

बिआरटीनेपाल २०८१ असोज ७ गते ५:५३ मा प्रकाशित

१७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ ।भुटानको चाङलिमिथाङ स्टेडियममा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलले हरायो । नेपालका लागि सुजन डङ्गोलले ह्याट्रिक तथा विज्ञान खड्काले एक गोल गरे । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो ।

श्रीलङ्कालाई हराएसँगै नेपालले तीन अङ्क जोडेको छ । समूह ‘बी’ रहेको नेपालले अब समूह चरणको अन्तिम खेलमा पर्सि घरेलु टोली भुटानसँग खेल्नेछ । समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् । प्रतियोगितामा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असोज १२ गते शनिवार र फाइनल खेल असोज १४ गते सोमवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू