अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 04:58

संसदीय सुनुवाई समितिको बैठक स्थगित

बिआरटीनेपाल २०८१ असोज ७ गते ५:३९ मा प्रकाशित

संसदीय सुनुवाई समितिको आजको बैठक पनि स्थगित भएको छ ।सोमबार श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरुको अनुपस्थितिले स्थगित भएको हो ।यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रश्तावित राजदुतको नाम अनुमोदन गरेपनि श्रीलंकाका लागि प्रश्तावित राजदुत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन । यसअघि आईतवारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो ।

नाम स्वीकृत÷अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाई बहुमत सांसदहरुको उपस्थिति अनिवार्य हुन्छ । सोमबार बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताउनुभयो ।दुई तिहाईका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ । उहाँले आजको बैठक स्थगित भएको र मंगलबार बिहान ९ बजे बस्ने जानकारी दिनुभयो ।

गत बैठकमा समितिले श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो । जसमा हालसम्म पनि भट्टराईले सर्टिफिकेट नदिएको बैठकमा उपस्थित एक सांसदले बताउनुभयो । सरकारले राजदुतमा सिफारिस गरेको मंगलबार ४५ दिन पुग्ने भएकाले मंगलबार नै राजदुत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुंगो लगाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू