अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 04:59

न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणा सहभागी हुने कार्यक्रम स्थगित

बिआरटीनेपाल २०८१ असोज ७ गते ५:४१ मा प्रकाशित

अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागतका लागि आयोजना गर्न लागिएको कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।

नेपाली समुदायले विरोध गर्न लागेको सूचना पाएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायले दिएको सुझावलाई ध्यानमा राखेर आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन बैठकहरुमा व्यस्त भएको पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू