अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 04:47

दुर्गा प्रसाईंलाई छाड्नुपर्ने माग गर्दै अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट

बिआरटीनेपाल २०८१ असोज ७ गते ५:३० मा प्रकाशित

गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पुगेको छ । अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, सोमबार बिहान प्रसाई पक्षका कानून व्यवसायीहरुले अदालतमा रिट निवेदन दिएका हुन् । तर, उहाँको निवेदन दर्ता भइसकेको भने छैन ।

निवेदनसँगै प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाउनुभएको छ । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित उहाँकै घरबाट पक्राउ गरेको थियो । विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा एक महिलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको थियो ।

आइतबारै प्रसाईंलाई तीन दिन हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू