अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 10:40

छविलाल जोशीलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति

बिआरटीनेपाल २०८१ असोज ७ गते ५:२८ मा प्रकाशित

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि जिल्ला अदालत कास्कीले ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।अदालतले जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थप गरेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो  ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो । सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू