अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:००
| Colorodo: 03:15
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एशिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्त गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताउनुभयो ।
उहाँले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुन परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझाव कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गर्नुभएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
भेटमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराउनुभएको थियो ।