अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 19:17

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि मतदान सम्पन्न

बिआरटीनेपाल २०८१ असोज ५ गते ७:०४ मा प्रकाशित

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भएको छ । त्यहाँ सन् २०२२ मा भएको आन्दोलनपछि नयाँ राष्ट्रपति चुन्न आज मतदान भएको हो । राष्ट्रपतिको प्रतिस्पर्धामा वर्तमान कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष अनुरा कुमारा दिसानायके, विपक्षी नेता सजित प्रेमदासा, पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमललगायत प्रतिपर्धामा हुनुहुन्छ ।

अनुरा कुमारा सन् २०१९ को राष्ट्रपतीय चुनावमा पनि उम्मेद्वार हुनुहुन्थ्यो । यो मतदानलाई आर्थिक सुधारको जनमत संग्रहको रूपमा लिइएको बीबीसीले उल्लेख गरेको छ । यसअघि सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा गोटाबाया राजापाक्षे विजयी हुनुभएको थियो । तर २०२२ मा सबैभन्दा खराब आर्थिक सङ्कटका कारण चर्को आन्दोलन भएपछि राजापाक्षेले देश छोड्नुपरेको थियो । लगत्तै त्यहाँको संसदले रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू