अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 19:31

जापानमा केही क्षेत्रमा अहिलेसम्मकै ठूलो वर्षा

बिआरटीनेपाल २०८१ असोज ५ गते ६:४८ मा प्रकाशित

मध्य जापानको केही क्षेत्रमा अहिलेसम्मकै ठूला रेकर्ड वर्षापछिको बाढी पहिरोमा परेर एक जनाको ज्यान गएको छ, सात जना हराइरहेका छन् । भूकम्पको पुनर्निर्माणमा काम गर्ने चार जनासहित सात जना बेपत्ता भएका र खोजी तथा उद्धारको काम भइरहेको जापानको दमकल विभागलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । सरकारले हजारौँ मानिसको उद्धार गरिरहेको छ ।सरकारले वाजिमा शहरका १८ हजार र सुजुका १२ हजार जना मानिसहरूलाई होन्शु टापुको इशिकावामा शरण लिन भनेको छ । निगाटा र यामागाटा प्रान्तका अन्य १६ हजार जना बासिन्दाहरूलाई बस्ती छाड्न आग्रह गरिएको खबरमा उल्लेख छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले अझै निकै ठूलो वर्षाको चेतावनी जारी गरेको छ । मध्य क्षेत्रका १२ वटा नदीहरु किरानाभन्दा बाहिर जान थालेका छन् ।  आज बिहान वाजिमामा प्रतिघण्टा १ सय २१ मिलिमिटर र सुजुमा ८५ मिलिमिटर वर्षा भएको छ । यो अहिलेसम्मकै उच्च वर्षा हो । वाजिमा र सुजु क्षेत्रमा यसै वर्षको शुरुकै दिन गएको भूकम्पका कारण तीन सय जनाको ज्यान गएको थियो । यी क्षेत्रमा पुनर्निर्माणको काम चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू