अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टको राजिनामा

बिआरटीनेपाल २०८१ असोज ४ गते ६:२५ मा प्रकाशित

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजिनामा दिनुभएको छ । राजनीतिक दल आवद्ध पत्रकारका संगठनले समयमा पत्रकार महासंघको निर्वाचन गराउन नदिएको आरोप लगाउँदै विष्टले शुक्रबार पदबाट राजिनामा दिनुभएको हो । यसअघिका महासंघका अध्यक्ष विपुल पोखरेलले पनि गत भदौ २४ गते निर्वाचन गराउन नसक्ने भन्दै पदबाट राजिनामा दिनुभएको थियो ।

नियमित रुपमा महासंघको निर्वाचन भएको भए गत असार २६ मा हुनुपर्ने थियो तर महासंघमा सदस्यता विवादका कारण चुनावको मिति सर्दै आएको थियो। हालका कार्यवाहक अध्यक्ष विष्टले पनि असोज १२ गते तोकिएको निर्वाचन गराउन नसेको भन्दै राजिनामा दिनुभएको हो । उहाँले शुक्रबार जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासंघबाट भएका सबै कमजोरीहरुको नैतिक जिम्मेवारी लिदै कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको छु।’

विष्टले राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासंग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका थप्न बाध्य बनाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू