अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

गएको वर्ष संसारभर ९ दिन भूकम्प आउनुका कारण ग्रीनल्यान्डकाे हिमपहिराे : वैज्ञानिक

बिआरटीनेपाल २०८१ असोज ४ गते ६:०६ मा प्रकाशित

एक वर्षअघि लगातार ९ दिनसम्म विश्वभर भूकम्पको धक्का महसूस हनुको कारण ग्रीनल्यान्डमा गएको हिमपहिरो रहेको पाइएको छ ।सन् २०२३ को सेप्टेम्बर १६ तारिखदेखि नौ दिनसम्म विश्वभरिका भूकम्प सूचक यन्त्रहरूले भूकम्पको सङ्केत दिएका थिए । लगातार भूकम्पको सङ्केत पाएपछि अनलाइन छलफल गरेका वैज्ञानिकहरूले उपकरणमा खराबी नभई पृथ्वीमा कुनै घटना भएको निष्कर्ष निकालेका थिए । त्यसपछि १५ देशका ६८ जना वैज्ञानिक र डेनमार्कको नौसेनाले अध्ययन शुरू गरेकामा झन्डै एक वर्षको अनुसन्धानपछि कारण पत्ता लागेको हो ।

गएको हप्ता साइन्स जर्नलमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार ९ दिनसम्म संसार हल्लाउने घटनाका पछाडि ग्रीनल्यान्डमा आएको एक विशाल पहिरो र त्यसले ल्याएको महासुनामी थियो ।वैज्ञानिकहरूका अनुसार तापक्रम वृद्धिको असरले विश्वव्यापी स्तरमै यस्ता घटनाहरू देखिन थालेका छन् । उत्तरी ध्रुव आसपासको क्षेत्र बितेका केही दशकदेखि विश्वका अन्य भागभन्दा चार गुणा छिटो तातिरहेको छ ।

ग्रीनल्यान्डको पूर्वी भागमा रहेको एउटा हिमनदी पग्लिएर गएको वर्ष सेप्टेम्बर १६ तारिखमा दुई करोड ५० लाख क्युबिक मिटर चट्टान र बरफसहितको पहिरो पानीमा खसेको थियो । त्यहाँ दुई सय मिटर अग्लो सुनामी आएका कारण संसारभर भूकम्पको सङ्केत पाएको अध्ययनको निष्कर्षमा भनिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू