अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 12:34

हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ असोज ४ गते ५:५० मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय रहेको बताउनुभएको छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।अध्यक्ष नेपालले मनपरी ढंगले चल्ने र नेकपा (एकीकृत समाजवादी)लाई बेवास्ता गर्नेकुरा निन्दनिय र आलोच्य भएको टिप्पणी गर्नुभयो । उहाँले सबैकुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आफूहरु हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले संविधानमा संशोधन गर्नुपर्ने भएपनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताउनुभयो । अध्यक्ष नेपालले संशोधनको विषयहरु आएपछि आफूहरु छलफल गर्न तयार हुने पनि बताउनुभयो । जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्नेगरी कुनैपनि संशोधन भए स्वीकार्य नहुने बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाभई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जामा अबदेखि पार्टीकारिुद्ध जथाभावी नलेख्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू