अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

इजरायलबिरुद्धको प्रस्ताव महासभाबाट पारित, नेपाल तटस्थ

बिआरटीनेपाल २०८१ असोज ३ गते ७:१४ मा प्रकाशित

आगामी एक वर्षभित्र प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ।प्यालेस्टाइनले मस्यौदा गरेको उक्त प्रस्तावका पक्षमा १२४ राष्ट्र र विपक्षमा १४ राष्ट्र उभिएका छन्। नेपाल भने उक्त प्रस्तावमा तटस्थ बसेको छ। तटस्थ बस्ने राष्ट्रहरुमा नेपाल र भारतसहित ४३ छन्।

राष्ट्रसंघीय महासभाबाट पारित प्रस्तावको राजनीतिक र सांकेतिक अर्थ हुन्छ। इजरायलले प्यालेस्टिनी भूभागमा कब्जा गरेको राय राष्ट्रसंघीय न्यायालयले प्रस्तुत गरेपछि इजरायलबिरुद्धको प्रस्तावको मस्यौदा तयार गरिएको हो।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच सदस्यमध्ये अमेरिका प्रस्तावको विपक्षमा उभिएको थियो, युके तटस्थ रह्यो भने चीन, फ्रान्स र रुसले पक्षमा मतदान गरेका थिए। बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्सले पक्षमा मतदान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू