अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३० | Colorodo: 15:45

माओवादी निष्कर्ष : देशभर अराजकता बढ्यो

बिआरटीनेपाल २०८१ असोज ३ गते ७:०१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले देशभर अराजकता बढेको निष्कर्ष निकालेको छ । साथै सो पार्टीले भू–राजनीतिक अवस्था थप जटिल र पेचिलो बन्दै गइरहेको निष्कर्ष निकालेको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दै गएको बताउनुभएको हो ।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा झन्झन् जटिल पेचिलो बन्दैछ । भूराजनीतिक स्थितिले पनि पेचिलोपन ल्याउँदैछ। अन्तर्राष्ट्रिय रूपमा हेर्दा त विस्फोटक स्थिति बनेको छ’, सापकोटाले भन्नुभयो, ‘यो परिस्थितिमा पार्टीलाई एकताबद्ध गर्नुपर्छ। जनवर्गीय सङ्गठनहरूलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने निष्कर्ष छ ।’ उहाँले देशैभरि अराजकता, विकृति र विसङ्गति बढेको निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू