अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३५ | Colorodo: 15:50

अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति पौडेल

बिआरटीनेपाल २०८१ असोज ३ गते ६:५७ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताउनुभएको छ ।बिहीबार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निराश बन्ने समय नभएको बताउनुभएको हो ।राष्ट्रपति पौडेलले अहिलेको समय एकतावद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताउनुभयो । उहाँले आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताउनुभयो ।उहाँले बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाएको बताउनुभयो । उहाँले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा राज्यलाई अझै लोकतान्त्रिक र जनमुखी बनाउनुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू