अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

इजरायलका प्रधानमन्त्रीको हत्या गर्ने योजना बनाएको आरोपमा एक जना पक्राउ

बिआरटीनेपाल २०८१ असोज ३ गते ६:५४ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अन्य उच्च अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र गरेको भन्दै एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इजरायलका नागरिक नै रहेका बीबीसीले जनाएको छ ।

इरानको योजनामा उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहितका नेताहरुको हत्या गर्ने षड्यन्त्र गरेको इजरायली सुरक्षा सेवाले बताएको छ । टर्कीमा व्यापार गरेर बस्ने ती नागरिक दुई पटकसम्म इरान गएको र त्यहाँबाट पैसासमेत लिएको इजरायली सुरक्षा सेवाको दाबी छ ।

इरान र इजरायलबीच बढ्दो तनावको बीचमा नेताहरुको हत्याको षड्यन्त्र गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू