अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

नेपालीले अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज चाहेका छैनन : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ असोज ३ गते ६:४३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नचाहेको बताउनुभएको छ । बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमूना समाज देशले चाहेको बताउनुभयो । शान्त, सभ्य र सुसंस्कृत, सुखसहितको समृद्धिको समाज आफूहरुले चाहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिष्पर्धासहितको व्यवस्था भएको उल्लेख गर्दै सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र रहेको बताउनुभयो ।

‘हामी सबै मिलेर सबै जात जाति, भाषा संस्कृतिको रक्षा, प्रवद्र्धन र विकासबाट राष्ट्र बन्छ, देश बन्छ । हाम्रो राज्यव्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । यो कुनै वंशको निरङ्कुश शासनको निरन्तरता होइन, जनताले आफ्नो शासक आफैँले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली हो । अब यो पछाडि फर्किंदैन । यो अन्यायी राज्यव्यवस्था अन्त्य गरी हामी जनता आफैँले सिर्जना गरेको नयाँ राजनीतिक व्यवस्था हो । यस व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु हामी सबैको परम कर्तव्य र दायित्व हो ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले वर्तमान शासन व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु सबैको कर्तव्य र दायित्व भएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू