अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

सुनकाे भाउ ८ सय रुपैयाँले घट्याे

बिआरटीनेपाल २०८१ असोज ३ गते ६:१५ मा प्रकाशित

सुनको भाउ आज पनि घटेकाे छ । हिजो तोलाको एक लाख ५६ हजार चार सय रहेकाे सुनकाे भाउ आज आठ सयले घटेर एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । गएको तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू