अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

क्यानडाले विदेशी विद्यार्थीको कोटा थप घटाउने

बिआरटीनेपाल २०८१ असोज ३ गते ६:१४ मा प्रकाशित

क्यानडाले विदेशी विद्यार्थीको कोटा थप घटाउने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आउँदो वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुमतिपत्रमा थप कटौती गर्ने घोषणा गरेका गर्नुभएको हो । सामाजिक सञ्जाल एक्स अर्थात् ट्विटरमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री ट्रुडोले यो वर्षदेखि क्यानडाले विदेशी विद्यार्थीको सङ्ख्या ३५ प्रतिशतले कम गरेकोमा आउँदो वर्षदेखि १० प्रतिशतले थप कटौती गर्ने बताउनुभएको हो । प्रवासी विद्यार्थीले देशको अर्थतन्त्रमा टेवा पुर्‍याए पनि सङ्ख्या घटाउनु बाध्यता भएको उहाँले बताउनुभएको छ ।

क्यानडाको यो निर्णयले सबैभन्दा धेरै समस्या भारतीय विद्यार्थीलाई पर्ने देखिएको छ । हरेक वर्ष लाखौँ भारतीय विद्यार्थीहरू अध्ययन अनुमतिपत्र लिएर क्यानडा जान्छन् । क्यानडा सरकारको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा सक्रिय विद्यार्थी भिसाको सङ्ख्या २९ प्रतिशतले बढेर १० लाख ४० हजार पुगेको थियो ।

यीमध्ये  चार लाख ८७ हजार जना भारतीय विद्यार्थी थिए । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्यानेडियन विद्यार्थीहरूको तुलनामा तीन गुणा बढी शुल्क तिर्नुपर्छ । क्यानडा सरकारको २०२२ को रिपोर्ट अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले त्यहाँको अर्थतन्त्रमा २२ अर्ब क्यानेडियन डलर योगदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू