अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२२ | Colorodo: 15:37

पाेखरेली व्याण्ड कन्दराले वर्ल्ड टुर गर्ने

बिआरटीनेपाल २०८१ असोज ३ गते ६:०० मा प्रकाशित

स्थापनाको ३२ वर्षको अवसरमा चर्चित लोकपप कन्दरा ब्यान्डले सन् २०२४ र ०२५ का लागि आठ देशका कन्सर्टको लाइनअप पनि सार्वजनिक गरेको छ।‘पहिले घर अनि परदेश’ वर्ल्ड टुरको नारा रहेको कन्दरा ब्यान्डले अक्टोबरदेखि नोभेम्बरमा नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिनेछन्।

नोभेम्बर–डिसेम्बरमा युरोप, जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च-अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका र जुनमा क्यानडामा टुर गर्ने मिति तय भएको छ। ब्यान्डको लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनिल थापा, गितारमा देव लामा, बेस गितारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा नीरज बिके रहेका छन्।

प्रतिक्रिया