अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९
| Colorodo: 14:54
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनको तिथि घोषणा गरेको छ । पार्टीको जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गनुृभएको हो ।
आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले बताउनुभयो । उहाँले नयाँ अभियानको पनि घोषणा गर्नुभएको छ । जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’ सुरु गर्ने उहाकाले बताउनुभयो ।