अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : मन्त्री पाैडेल

बिआरटीनेपाल २०८१ असोज २ गते ६:५८ मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने अवस्था आउने बताउनुभएको छ ।

ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरले आज आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवस समारोहमा मन्त्री पाैडेलले अब देशमा ५० वर्षमाथि उमेर समूहको सङ्ख्या बढ्दै जाने र उनीहरूको स्वास्थ्य पनि राम्रो नहुने अवस्था देखिएकोले यसको असर वृद्ध भत्तामा पनि पर्न सक्ने बताउनुभयो ।

उपचार पद्धतिका बारेमा काम भइरहेको तर स्वस्थ खानेकुरा प्रति ख्याल नगरेको भन्दै मन्त्री पौडेलले निरोगी हुनतर्फ ख्याल गर्नुपर्ने उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू