अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

भाेलिदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा आउने

बिआरटीनेपाल २०८१ असोज २ गते ६:५६ मा प्रकाशित

सरकारले भोलिदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालको वैशाख ११ गते नै उद्घाटन गर्नुभएको धरहरा भोलि संविधान दिवसको अवसर पारेर सार्वसाधारणका लागि खुला गर्न लागिएको हो । यसअघि उद्घाटन गर्दा धरहराको स्तम्भ निर्माण भइसकेकाे भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो । ६ पटकसम्म म्याद थप गरिएको धरहरा भोलि फेरि अस्थायी रूपमै उद्घाटन हुन लागेको हो ।

यसैबीच संविधान दिवसको अवसरमा कैदीहरू नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागले कैदी छुटेहरूको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेकोले संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् ।

यसअघि गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते कैद कट्टा गरी कैदीबन्दी रिहा हुँदै आएकामा यो पटक गणतन्त्र दिवसमा पनि रिहा भएका थिएनन् । सरकारले संविधानमा छुट्ने भनेर असार ९ गते ६ सय २० जना र भदौ १७ गते चार सय २० जनाको सूची सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू