अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

औषधिले काम नगरेर अबको २५ वर्षमा विश्वमा झन्डै चार करोड मानिसको ज्यान जान सक्ने : अध्ययन

बिआरटीनेपाल २०८१ असोज २ गते ६:४९ मा प्रकाशित

अबको २५ वर्षमा औषधिले काम गर्न छाडेर झन्डै चार करोड जना मानिसको ज्यान जान सक्ने एउटा अध्ययनले देखाएको छ । ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेसिस्टेन्स परियोजनाले पहिलोपटक एएमआरको लामो समयसम्मको प्रवृत्तिबारे विश्वव्यापी अध्ययन गरेर त्यसको नतिजा लान्सेट जर्नलमा प्रकाशित गरेको छ । प्रकाशित प्रतिवेदनको निष्कर्षमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सका (एएमआर) वा औषधिले काम नगर्दा सन् २०५० सम्ममा तीन करोड ९० लाख जना मानिसको ज्यान जाने उल्लेख रहेको छ ।

ब्याक्टेरियाविरुद्ध काम गर्ने (एन्टिबायोटिक), भाइरसविरुद्ध काम गर्ने ९एन्टिभाइरल०, फन्गसविरुद्ध काम गर्ने (एन्टिफन्गल) र परजीवीविरुद्ध काम गर्ने (एन्टिप्यारासाइटिक) औषधिलाई सामूहिक रूपमा एन्टिमाइक्रोबियल भनिन्छ । यी औषधि विरुद्ध जीवाणुले प्रतिरोधात्मक क्षमता विकास गरेमा त्यसलाई एएमआर भनिन्छ । एएमआरका कारण औषधिले काम गर्न छोड्छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएपछि औषधि र खोपले समेत काम नगर्ने र सङ्क्रमणका कारण ज्यान गुमाउनुपर्ने प्रतिवेदनमा भनिएको छ ।

खोप र सरसफाइमा सुधारका कारण धेरै साना बच्चामा एएमआरको प्रभाव घट्दै गए पनि पाका उमेरका व्यक्तिमा यसको असर धेरै देखिएको छ । प्रतिवेदनमा सङ्क्रमण अझ राम्ररी रोके, स्वास्थ्यमा पहुँच बढाए र नयाँ एन्टिबायोटिक बनाए विश्वभर दशौं लाख मानिसको ज्यान जोगाउन सकिने पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू