अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

नयाँ पुस्ताका बालबालिकाहरु असक्षम छैनन् : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ असोज २ गते ६:३९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्ने बताउनुभयो । उहाँले शिक्षाको परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले शिक्षालाई बालबालिकाको तहदेखि मजबुत आधार बनाउने काममा सरकार लागेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नयाँ पुस्ताका बालबालिकाहरु असक्षम नरहेको भन्दै उनीहरुले रुचाएको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । शिक्षा दिने तरिकामा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले शिक्षामा नेपाल अब पछाडि पर्न नहुने बताउनुभयो । उहाँले शिक्षा, सीप, विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि परेको यथार्थलाई बदल्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू