अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 16:58

विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौं : शिक्षामन्त्री भट्टराई

बिआरटीनेपाल २०८१ असोज २ गते ६:३२ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताउनुभएको छ ।बुधबार राष्ट्रिय शिक्षा दिवस मुल समारोह समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।शिक्षामन्त्री भट्टराईले शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरिसकेको बताउनुभयो । उहाँले हाल देशमा आधारभुत र माध्यमिकतर्फ सामुदायिक, संस्थागत, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

शिक्षामन्त्री भट्टराईले मुलुकभर सञ्चालनमा रहेका यि संस्थाहरुलाई व्यवस्थित गर्दै जानुपर्ने आजको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायीतर्फ १८ हजार ३७६, राहततर्फ ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ रहेको बताउनुभयो । सामुदायिक विद्यालयमा आजसम्म १ लाख ६८ हजार ८३७ कक्षाकोठा रहेको बताउनुभयो ।

शिक्षामन्त्री भट्टराईले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने, रैथाने र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा सरकारले प्रारुप तयार गरी शुरु गर्ने योजना बनाएको बताउनुभयो । उहाँले माध्यमिक तहमा अझै १६ हजार ४६ दरबन्दी आवश्यक रहेको बताउनुभयो । शिक्षामन्त्री भट्टराईले विद्यालय पाठ्यक्रम सुधारको योजना बनाइरहेको जानकारी दिनुभयो । शिक्षालाई मान्व पुँजी निर्माण गर्ने मात्रै नभइ सामाजिक विकासको आयामका रुपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा सुधार गरी अघि बढ्नु आजको अपरिहार्यता भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू