अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याउन रुसी राष्ट्रपति पुटिनको निर्देशन

बिआरटीनेपाल २०८१ असोज १ गते ७:०० मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याउन निर्देशन दिनुभएको छ । पुटिनले रुसका सेनाको सङ्ख्या एक लाख ८० हजार जना थप गरेर १५ लाख पुर्‍याउन निर्देशन दिनुभएको रोयटर्सले जनाएको छ ।१५ लाख जना सेना पुगेमा रुस चीनपछि सबैभन्दा धेरै सेना भएको देश बन्नेछ । पुटिनको निर्देशन पूर्ण पालना भएमा त्यहाँ सक्रिय सेनाको सङ्ख्या भारत र अमेरिकाभन्दा पनि धेरै हुनेछ । रुसमा सबैखालका सुरक्षा फौजको सङ्ख्या २२ लाख नाै हजार जना रहेको छ ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण थालेपछि सेनाको सङ्ख्या बढाउन पुटिनले निर्देशन दिएको यो तेस्रोपटक हो । अघिल्लो महिना युक्रेनले रुसको कुर्स्क क्षेत्रको केही भाग कब्जा गरेपछि रुस आक्रामक बनेको छ । रुसको तल्लो सदनको रक्षा समितिका सदस्य आन्द्रेइ कार्तापोलोभले देशको आवश्यकता र अन्तर्राष्ट्रिय अवस्था हेरेर सङ्ख्या बढाउनु उचित रहेको ठहर गरिएको बताउनुएको छ ।

रुसले सक्रिय सेनासँगै स्वयंसेवकको सङ्ख्या पनि थपिरहेको छ । रुससँग सीमा जोडिएका फिनल्यान्डसहितका देशसँग तनाव बढेपछि देशको उत्तर–पश्चिम क्षेत्रमा सेनाका थप युनिट परिचालन गर्नका लागि पनि सेनाको सङ्ख्या बढाउन थालेको उहाँले बताउनुभएको छ । फिनल्यान्ड नाटोको सदस्य देश पनि हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू