अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

मध्य युरोपमा आँधी र बाढीबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

बिआरटीनेपाल २०८१ असोज १ गते ६:५० मा प्रकाशित

मध्य र पूर्वी युरोपमा आँधी र बाढीका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । बोरिस नाम दिइएको आँधी र बाढीले हजारौप्रभावित भएका छन् ।लगतारको वर्षापछि मध्य युरोपका अधिकांश देशको जनजीवन अस्तव्यस्त बनेको छ । विशेष गरी चेक गणतन्त्र र पोल्याण्ड बीचको सीमा क्षेत्रहरुका बासिन्दाको बिचल्ली भएको छ । ती क्षेत्रहरुमा पानीको सतह बढेपछि पुलहरु भत्किँदा यातायात सेवा समेत अवरुद्ध बनेको छ ।

चेक गणतन्त्रमा बाढीमा ७ जना बेपत्ता भएका छन् । रोमानियामा ६ जनाको मृत्यु भएको छ भने अस्ट्रियामा एक अग्नीनियन्त्रको मृत्यु भएको छ । भियनाका सयौं घरहरु डुबानमा परेका छन् । यसैगरी पोल्याण्डको क्लोड्ज्को क्षेत्रका सडकहरू भग्नावशेष र माटोले भरिएका छन् । पोल्याण्डको ओपोलेका बासिन्दालाई थप बाढी आउन सक्ने भन्दै चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू