अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

आज विश्वकर्मा पूजा गरियो

बिआरटीनेपाल २०८१ असोज १ गते ६:४९ मा प्रकाशित

आज असोज १ गते विश्वकर्मा पूजा मेशिनरी पार्टपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइएको छ । यस पर्वमा शिल्पका संकाय, कारखाना तथा उद्योगहरूमा पूजाअर्चना गर्ने गरिन्छ भने भजन किर्तन तथा नाचगान पनि गर्ने गरिन्छ । भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा दिवस मनाउने परम्परा रहेको छ ।

विश्वकर्मा दिवस नेपाललगायत पूर्वोत्तर भारत र बंगाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ । मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गर्ने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू