अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

पाँच दिनअघि अन्तरीक्षमा पुगेका चार जना यात्रु सकुशल पृथ्वीमा फर्किए

बिआरटीनेपाल २०८१ भदौ ३१ गते ६:१८ मा प्रकाशित

पाँच दिनअघि अन्तरीक्षमा पुगेर आकासमै हिँडेका अर्थात् स्पेस वाक गरेका चार जना अन्तरीक्षयात्री पृथ्वीमा फर्किएका छन् । उनीहरु गएको मङ्गलवार अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स यानबाट अन्तरीक्षमा गएका थिए । उनीहरुलाई बोकेको यान आज अमेरिकाको फ्लोरिडामा रहेका समुन्द्री तटमा सुरक्षित अवतरण गरेको बीबीसीले जनाएको छ ।

यो अन्तरीक्ष यात्राको ऐतिहासिक मिसन थियो, किनकी अन्तरिक्षमा गएका यात्री स्पेस वाक अर्थात् अन्तरिक्षको हावामा हिँड्ने पहिलो निजी क्षेत्रका यात्री हुन् । उनीहरुले पृथ्वीबाट सात सय किलोमिटर माथि अन्तरिक्षमा स्पेस वाक गरेका थिए । उनीहरुले अन्तरिक्षमा विभिन्न प्रयोग पनि गरेका थिए । जसमा मानव स्वास्थ्यमा अन्तरिक्ष यात्राको प्रभाव र स्याटेलाइटसँगको लेजर सञ्चार परीक्षण पनि समावेश थिए ।

अन्तरीक्ष यात्री सारा गिलिसले अन्तरीक्षबाट संगितको मनोरञ्जन पनि दिएकी थिइन् । यो मिसनले व्यावसायिक अन्तरिक्ष यात्राको लागि नयाँ ढोका खोलेको छ । यस्तै, भविष्यमा थप व्यावसायिक अन्तरिक्ष मिसनहरूको लागि मार्ग प्रशस्त गरेको स्पेशएक्सका मालिक एलन मस्कले बताउनुभएको छ ।

यो मिसनले अन्तरिक्ष पर्यटनको सम्भावनालाई पनि बढाएको छ । पहिलो निजी क्षेत्रको अन्तरिक्ष यात्रामा अमेरिकी अर्बपति जारेड इसाकम्यान, अमेरिकी वायुसेनाका पूर्व पाइलट स्कट पोटेट, स्पेश एक्सकी कर्मचारी सारा गिलिस र अन्ना मेनन सहभागि थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू