अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

बिआरटीनेपाल २०८१ भदौ ३१ गते ५:५० मा प्रकाशित

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते बुधबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार नेकपा ९माओवादी केन्द्र०ले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेससँगको नयाँ गठबन्धन सरकार अघि बढाउन पुनः विश्वासको मत लिने तयारी भएको हो।

कोशी प्रदेशमा गत साउन ११ गते माओवादी सत्ताबाट बाहिरिएको थियो। त्यसको एक महिनापछि भदौ १४ गते माओवादीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता गरेको थियो। संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो। ९३ जना प्रदेश सभा सदस्य रहेको कोशी प्रदेशमा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ सांसद छन्।

त्यसैगरि, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीबाट १ जना प्रदेश सभा सदस्य रहेका छन्। सत्तामा रहेको एमाले र कांग्रेसबाट ६९ जना सदस्य रहेको हुँदा मुख्यमन्त्री कार्कीले सहज रुपमा विश्वासको मत हासिल गर्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू