अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

विश्वकप क्रिकेट लिग–२ : नेपाल र क्यानडाबीचको खेल एक घण्टा ढिला शुरू हुने

बिआरटीनेपाल २०८१ भदौ ३१ गते ५:४७ मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत नेपाल र क्यानडाबीचको खेल पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला शुरू हुने भएको छ ।क्यानडाको किङ्ग सिटीमा हुने खेल राति पौने ९ बजे शुरू हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।  यसअघि यो खेल राति पौने ८ बजे शुरू हुने तय भएको थियो ।

क्यानडामा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली क्यानडा, नेपाल र ओमान छन् । आजदेखि शुरू हुन लागेको शृङ्खलामा नेपालले दोस्रो खेलमा पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ । एकदिवसीय शृङ्खलापछि यही तीन वटा टोलीबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू