अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 19:37

चिकित्सा शिक्षा आयोगविरुद्ध एमबीबीएसका परीक्षार्थीहरू सर्वोच्चमा

बिआरटीनेपाल २०८१ भदौ ३० गते ७:०५ मा प्रकाशित

चिकित्सा शिक्षा स्नातक तह ९एमबीबीएस०का प्रवेश परीक्षार्थीहरूले चिकित्सा शिक्षा आयोगविरुद्ध रिट दायर गरेका छन् । आयोगले पहिलोपटक लिएको परीक्षाको नतिजालाई कायम गर्न माग गर्दै परीक्षार्थीहरूले रिट दायर गरेका हुन् । आयोगले पहिलोपटक लिएको परीक्षाको नतिजालाई रद्द गरी दोस्रोपटक लिएर विद्यार्थीमाथि अन्याय गरेको उनीहरूको तर्क छ ।

सर्वोच्चका प्रवक्ता अचुत कुइँकेलका अनुसार, परीक्षार्थीहरूले परीक्षा दिँदाको प्रवेशपत्रसहित रिट दायर गरेका छन् । उनीहरूको रिटमा सर्वोच्चले सोमबारका लागि पेसी तोकेको छ । चिकित्सा शिक्षा आयोगको परीक्षामा अनियमितता भएको विषय सार्वजनिक भएपछि संसदीय समितिले नै पुनः परीक्षाका लागि निर्देशन दिएको थियो । तर, असन्तुष्ट विद्यार्थी दोस्रोपटक लिइएको परीक्षाविरुद्ध सर्वोच्च पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू