अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३०
| Colorodo: 16:45
सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन करिब तयार भएको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले प्रतिवेदन लेखन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । आइतबार प्रतिवेदनलाई तयार गरेर समितिले भोलि ९सोमबार०को प्रतिनिधि सभा बैठकमा पेस गर्ने तयारी गरेको हो ।
‘आज सबै काम सकेर भोलिको संसद् बैठकमा प्रतिवेदन पेस गर्ने हाम्रो प्रयास हो । हामी प्रतिवेदनलाई अन्तिम रूप दिन लागिपरेका छौँ‚’ समिति एक सदस्यले भनेका छन्। समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।