अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

हैटीमा इन्धन बोकेको ट्रक विस्फोट हुँदा २४ जनाको ज्यान गयो, ४० जना घाइते

बिआरटीनेपाल २०८१ भदौ ३० गते ६:०१ मा प्रकाशित

हैटीमा इन्धन बोकेको ट्रक विस्फोट हुँदा २४ जनाको ज्यान गएको छ । झन्डै ६० हजार जनसङ्ख्या भएकाे दक्षिणी हैटीको मिरागोशानो शहरमा घटना भएको हो ।

विस्फोटमा ४० जना घाइते भएका र ती जलेका घाइतेहरूले अस्पतालमा पर्याप्त मात्रामा उपचार नपाएको अवस्था रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । इन्धन बोकेको ट्रकको ग्यास ट्याङ्की अर्काे गाडीले पङ्चर गरेको र इन्धन सङ्कलन गर्न गएकाहरूले विस्फोटमा परेर ज्यान गुमाएका खबरमा उल्लेख छ ।

हैटी आर्थिक रूपमा कमजोर देश हो । त्यहाँ विभिन्न समूहबीचको लडाइँका कारण सामान आयात गर्न पनि कठिन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू