अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 19:58

संविधान संशोधन छलफलको विषय बनाउनुपर्छ : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ भदौ २९ गते ७:३२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको छलफलको विषय भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा  सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संविधान संशोधन सार्वजनिक सरोकारको विषय भएकाले बृहत् छलफल गर्नुपर्ने स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले संविधान संशोधनमा राजनीतिक दल, सांसद, आमजनताको सरोकारको विषय भएकाले सार्वजनिक छलफलको रुपमा ल्याउनु पर्ने धारणा राख्नुभयो । उहाँले समानुपातिक निर्वाचन सम्बन्धमा आवश्यक छलफल गर्नुपर्ने सुझाव दिनुभयो।

अध्यक्ष नेपालले भन्नुभयो, “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू नरहेको र यसले मुलुकमा जटिलता ल्याउने विश्वको इतिहासमा देखिएको  छ ।” एक प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले हाम्रो मुलुक स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न देश भएकाले कसैको छत्रछाँयामा बस्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । आफ्नो पार्टीको विरुद्ध अनेक षड्यन्त्र चलिरहेको बताउँदै उहाँले यस्तो कुरालाई आधारमा मानी पार्टीका नेताबीच अविश्वासका वातावरण सिर्जना  गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू