अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

नेपालमा साहसिक खेलको प्रचुर सम्भावना : राष्ट्रपति

बिआरटीनेपाल २०८१ भदौ २९ गते ७:२४ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । एसियाली खेलकुद पत्रकार महासंघ ९एआईपीएस एसिया० कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौं आएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आग्रह गनुृभयो ।

रष्ट्रपति पौडेलले भन्नुभयो , “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोबर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बढाएको उहाँले बताउनुभयो । नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभइ खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआईपीएस एसियाले असल परम्परा स्थापित गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू