अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 19:37

माइतीघरदेखि बानेश्वरसम्म नारा ‘दलितलाई खै’

बिआरटीनेपाल २०८१ भदौ २९ गते ७:२० मा प्रकाशित

‘दलितलाई खै’ अभियान चलाइरहेका खगेन्द्र सुनारसहितका युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन्। शनिबार दिउँसो खगेन्द्रको आन्दोलनमा समर्थन गर्न आइपुगेका युवाहरूले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। ‘संविधान बन्यो दलितलाई खोइ१’ , ‘लोकतन्त्र आयो दलितलाई खोइ१’ लगायतका नाराहरू लगाइएका थिए। माइतीघरदेखि नाराबाजीसहित बानेश्वर पुगेको प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा केही धकेलाधकेल पनि भएको थियो।

अर्धनग्न अवस्थामा प्रदर्शनकारीहरू निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने क्रममा केही धकेलाधकेल भएको थियो। खगेन्द्र सुनारले आजको प्रदर्शन असोज ३ को तयारी रहेको पनि बताउनुभयो। ‘नांगो सरकारले दलितमाथि नांगो हस्तक्षेप गरेको छ र दलितलाई पनि उनीहरूले पाउने अधिकारबाट बञ्चित राखेर नंग्याइएको छ,’ सुनारले भन्नुभयो, ‘राज्यको अवस्था यो छ भनेर देखाउन हौं। राज्यलाई पनि लाज घिन भन्ने भएन। नांगो राज्यको दलित पनि नांगा छौं भन्ने सन्देश दिन खोजेका हौं।’ उहाँले असोज ३ गते ठूलो संख्यामा दलित युवाहरू काठमाडौं आउने र सरकारलाई झकझक्याउने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू