अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

क्रिकेटरलाई ‘प्लाट फर्म’ दिने उत्तम माध्यम एनपिएल हो : पारस खड्का

बिआरटीनेपाल २०८१ भदौ २९ गते ६:५३ मा प्रकाशित

क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्न नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गरिएको बताउनुभएको छ ।शनिबार काठमाडौंमा आयोजना भएको मार्की छनोट कार्यक्रममा क्यानका सचिव पारसले एनपिएल आयोजना गर्नुको पछाडि नेपाली क्रिकेटरलाई राम्रो प्लाट दिने उद्देश्य रहेको बताउनुभयो । उहाँले एनपिएलमा सहभागी आठ फ्रेन्चाइज टोलीलाई जिल्लाहरूसँग पनि जोड्ने उल्लेख गर्नुभयो ।समर्थकको साथ र समर्थनसँगै नेपाली क्रिकेटलाई अझ माथि उठाउन क्यान पनि पारदर्शी ढंगले काम गरिरहेको उहाँको विश्वास छ । सचिव पारसले नेपाली प्रिमियर लिगले ग्रासरुट क्रिकेट विकासमा मद्दत गर्ने आशा व्यक्त गर्नुभयो । उहाँले मार्की प्लेयर, टिमका मालिक र स्थानीय प्रशिक्षक मिलेर फ्रेन्चाइज टोलीको ब्रान्ड बढाउन भुमिका खेल्ने उल्लेख गर्नुभयो ।

यो शुरुवात भएकाले पहिलो संस्करणमा आर्र्थिक भार नपरोस् भनेर केही मापदण्ड बनाइएको उहाँको भनाइ छ । उहाँले एनपिएलको उचाईसँगै सबै फ्रेन्चाइज टोलीले पनि ब्रान्ड बिल्डिङ गर्दै जाने हो भने नेपाली क्रिकेटमा धेरै सुखद् क्षण आउने बताउनु भयो । क्यानका सचिव पारसले मार्र्की र फ्रेन्चाइज टोलीबीच तीन वर्षको सम्झौता रहेको र यो अवधिपछि दुवै पक्षले नयाँ यात्राको थालनी गर्न पाउने उल्लेख गर्नुभयो ।

तर मार्कीको पारिश्रमिकको विषयमा क्यान र फ्रेन्चाइजबीच छलफल गरेर निर्धारण गर्ने उहाँको भनाइ छ । उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन राम्रो गर्न एनपिएल आवश्यक रहेको औंल्याउनुभयो । टिम खेलमा सबै खेलाडीको योगदान समान रहने भएकाले गोलाप्रथाबाट मार्की छनोट गरिएको क्यानका सचिव पारसले स्पष्ट पार्नुभयो ।तीन वर्षको अवधिमा कुनै मार्कीलाई स्विच गर्नसक्ने प्रावधानबारे पनि छलफल भइरहेको उनले उल्लेख गर्नुभयो । उहाँले नेपाली खेलाडीका आर्थिकस्तर सुधार गर्न मैदानमा हुने प्रदर्शनले निर्धारण गर्ने र त्यसका लागि ग्रासरुट क्रिकेटको भूमिका महत्वपूर्ण रहने भएकाले एनपिएल आयोजना गरिएको बताउनुभयो ।

क्यानका सचिव पारसले क्यानले विदेशी खेलाडीको लिस्ट तयार पारिसकेको भए पनि फ्रेन्चाइज टोली यो कोटामा अनुवन्ध गर्र्न स्वतन्त्र रहेको स्पष्ट पारेका छन् । स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीका लागि छिट्टै रजिस्टन खुलाइने र दशैँभन्दा अगाडि नेपाली खेलाडीको अक्सन गरिने उहाँले बताउनु भयो । क्यानका सचिव पारसले पहिलो संस्करण भएकाले पनि फ्रेन्चाइज टोली आर्थिक भार नपर्ने तवरबाट खेलाडीको मूल्य तय गरिने संकेत गरेका छ ।आगामी मंसिरको तेस्रो सातादेखि शुरु हुने नेपाल प्रिमियर लिग ९एनपिएल० का मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने तय छ । उक्त एनपिएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका हुन् । क्यानले शनिबार काठमाडौंमा आयोजना गरेको मार्की खेलाडी छनोट गर्ने कार्यक्रममा उनीहरूले पाउने पारिश्रमिक बारे जानकारी दिएको हो ।

शनिबार गोलाप्रथाबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी र पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी तय भएका छन् । काठमाडौंले तिब्र गतिका अनुभवी बलर करण केसीलाई मार्की खेलाडीको रूपमा पाएको छ । त्यस्तै ओपनर कुशल भुर्तेल पोखरा र अलराउन्डर कुशल मल्ल चितवनको मार्की तय भएका छन् । अर्का ओपनर आसिफ शेख जनकपुर, अनुभवी बलर सोमपाल कामी कर्णाली र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका मार्की खेलाडीका रूपमा छनोट भएका छन् । पोखराको स्वामित्व नेपाल टी–२० प्रा।लि।, काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशन र चितवनको स्वामित्व चितवन मेडिकल कलेजले खरिद गरेको हो ।

लुम्बिनीको स्वामित्व फच्र्युना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स र कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सले खरिद गरेको हो । इम्पायर स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा सुदूरपश्चिम छ । एमएडी ड्रिम स्पोटर््सले विराटनगर दुई करोड पाँच लाख खरिद गरेको थियो । पोखराका लागि सबैभन्दा बढी तीन करोड ५७ लाख मूल्यमा खरिद भएको हो । कर्णाली सबैभन्दा कम एक करोड ११ लाखमा हिमालयनले फ्रेन्चाइजी पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू