अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

योगेशको शब्दले जनयुद्धलाई अपमान गरेको माओवादीको निष्कर्ष, सदन अवरोध जारी राख्ने

बिआरटीनेपाल २०८१ भदौ २८ गते ७:०१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमानित गर्ने शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले संसद अवरोध गरिरहेका छौं। माओवादीबाट सञ्चालित दश बर्षे सशस्त्र जनयुद्ध थियो । हामीले यो कुरालाई शान्ति प्रक्रियामा उल्लेख गरेर अगाडि बढिरहेका छौं । हामीले संविधानमा सबै कुरालाई समावेश गरेका छौं । जनयुद्धलाई अपमानित गर्ने हिसाबले एमालेका सांसद योगेश भट्टराईले दिनुभयो । हामीले त्यतिबेलामा पनि प्रतिवाद गरेका थियो । सभामुखको रुलिङ हिंसा शब्दलाई मात्रै केन्द्रित गरेर आयो । हामीले जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गरेको उहाँको भाव छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू